Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 9.0K
    Shares

    बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर १५ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

    उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांशका लागि बिहीवार नै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो ।

    सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसमेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    गत वर्ष कम्पनीले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत करसमेत नगद लाभांश दिएको हो ।

    गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको कम्पनीले यो वर्ष बोनसमा जोड दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त कम्पनीले रू १ अर्ब ४७ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १३:३४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij