Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रोमानियामा हवाई दुर्घटना, ८ जनाको मृत्यु

रोमानियामा हवाई दुर्घटना, ८ जनाको मृत्यु


  • 5.4K
    Shares

    रोमानियामा हवाई दुर्घटना,  ८ जनाको मृत्यु
    images

    काठमाडौँ। रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

    पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन् ।

    रोमानियाको गुरा डोब्रोगे क्षेत्रस्थित विमानस्थलबाट उडेको केही समयमा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो । रोमानियाका अधिकारीहरुले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाग्रस्त आइएआर ३३० पुमा हेलिकोप्टर विमानस्थलबाट ११ किलोमिटर टाढा फेला परेको जनाएका छन् । उक्त हेलिकोप्टर रडारबाट गायब भएको मिग २१ लान्सर लडाकु विमानको खोजी अभियानमा थियो ।

    कृष्ण सागरमा हवाई गस्तीका लागि उडेको रोमानियाली वायुसेनाको विमान हराएपछि यसलाई खोज्न हेलिकोप्टर पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    हराएको भनिएको उक्त लडाकु विमान पनि कृष्णसागरकै तटनजिक फेला परेको जनाइएको छ । उक्त दुर्घटनामा विमानका ३१ वर्षे पाइलटको पनि मृत्यु भएको रोमानियाका अधिकारीले पुष्टि गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १६:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij