Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतीय टेलिभिजनमा प्रधानमन्त्रीको तर्क : नेपाल–भारतको हैसियत समान देशको हो थिचोमिचो सहिन्न 

भारतीय टेलिभिजनमा प्रधानमन्त्रीको तर्क : नेपाल–भारतको हैसियत समान देशको हो थिचोमिचो सहिन्न 


  • 7.0K
    Shares

    भारतीय टेलिभिजनमा प्रधानमन्त्रीको तर्क : नेपाल–भारतको हैसियत समान देशको हो थिचोमिचो सहिन्न 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत समान हैसियतको देश भएको भन्दै ‘वडा र छोटा’ भाइको नाताको रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् । एक भारतीय टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा ओलीले दुवै मुलुक सार्वभौम रहेको बताएका छन् ।

    ओलीले भनेका छन्, “भुगोल र जनसंख्यामा ठूलो र सानो हुनसक्छ । तर, हामी सदैव सार्वभौम समानताको कुरा गर्छौ । अर्थात हामी साना ठूला होइनौं । आकारमा सानो ठूलो हुन सक्ला । तर, राष्ट्रका रुपमा सानो ठूलो हुन सक्दैन ।”

    प्रधानमन्त्री ओलीले वर्तमान समय औपनिवेशिक युग नभएको बताउँदै स्वाधिनता र पारस्परिक सम्मानको युगसमेत बताए ।

    दुवै देशले एकअर्काको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामी चाहन्छौं हामी दुई सार्वभौमसत्ता सम्पन्न देश, दुई छिमेकी देश, जो एक क्षेत्रमा रहन्छन् । हाम्रो सम्बन्धलाई त्यही अनुरुप बुझ्नपर्यो । यो पुरानो जमाना होइन । यो औपेनिवेशिक युग होइन ।”

    अन्तरवार्ताका क्रममा ओलीले नेपालले चीन र भारत दुवैलाई समान दृष्टिबाट हेरिरहेको बताएका थिए । उनले चीन र भारतबीच रहेको दूरी हटाउन नेपालले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने र त्यसका लागि तयार रहेको पनि बताएका थिए ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १२:०३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij