Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

आज शेयर कारोबार बन्द हुने

आज शेयर कारोबार बन्द हुने


  • 4.8K
    Shares

    आज शेयर कारोबार बन्द हुने
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर कारोबार बन्द हुने भएको छ । बिहीवार ग्याल्बो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो ।

    अब शेयर बजार आइतवार बिहान ११ बजे खुल्नेछ । गत मंगलवार महाशिवरात्री पर्व परेकोले उक्त दिन पनि बजार बन्द भएको थियो ।

    यो साता शेयर कारोबार आइतवार, सोमवार र बुधवार तीन दिन मात्र भएको छ । उक्त तीन दिन नै बजार भने घटेको छ ।

    साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ६३ दशमलव ५४ अंक अर्थात् २ दशलमव ४३ प्रतिशत घटेर २ हजार ५४७ दशलमव शून्य ४ विन्दुमा झरेको छ ।

    उक्त दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको रू. ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ बराबरको शेयर खरीदविक्री भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - ११:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij