२०८२ पौष ७ गते सोमवार
काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।
आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिएका छन् ।
सीडीओ पौडेलले सोमबार जेनजीका फरक-फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिएका छन् ।
ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij