२०८२ पौष ६ गते आइतवार
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले नयाँ योजना स्वरुप मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो ल्याएको छ ।
जसमा न्युनतम १० लाख रकमबाट लगानी सुरु गर्न सकिन्छ भने लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना वीमा, औषधोपचार वीमा र गम्भीर प्रकृतिका रोग वीमाको सुबिधा समेत प्राप्त गर्न सक्नेछन् ।
भविष्यमा हुनसक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाहरुबाट हुनसक्ने क्षतिको समेत वहन गर्नु यो योजनाको उद्देश्य हो ।
“आजको लगानी, भोलिको सुरक्षा” नाराको साथ मुक्तिनाथ क्यापिटल लिमिटेडले सदैव लगानीकर्ताको हितलाई ध्यानमा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।
यो योजनाले लगानीकर्ताहरुलाई एकातिर आफ्नो लगानीबाट हुनसक्ने लाभको अवसर प्रदान गर्दछ भने अर्कोतिर भबिष्यमा हुनसक्ने स्वास्थ्य सम्बन्धी दुर्घटनाबाट हुने आर्थिक क्षति समेत वहन गर्ने अवसर प्रदान गर्दछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij