Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा, बुकक्लाेज कहिले ?

नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा, बुकक्लाेज कहिले ?


  • 1.1K
    Shares

    नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा, बुकक्लाेज कहिले ?

    काठमाडौं । नबिल बैंकले आफ्नो ४१ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकले यही पुस २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ।

    सभाले सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्तिका लागि ढोका खुला गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०८१\८१ का लागि हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ११:१५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij