२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले ‘एसएमई सीयूजी प्लान’ ल्याएको छ । साना र मध्यम आकारका उद्यमलाई लक्षित गर्दै कम्पनीले दुई सय रुपैयाँमै सीयूजी सिम लिन सकिने गरी यो योजना ल्याएको हो ।
यसअन्तर्गत अनलिमिटेड भ्वाइस कल, एसएमएस र डेटा प्याकको सुविधा हुने कम्पनीले जनाएको छ
‘कुनै पनि कम्पनीमा आबद्ध कर्मचारीहरूले भ्वाइस कल र एसएमएसको सीमित उपलब्धताको बारेमा चिन्ता लिनुपर्दैन, किनकि सीयूजी प्लानमार्फत कम्पनीको सदस्यता भएको मोबाइल नम्बरहरुबीच कुराकानी गर्न असीमित भ्वाइस कल प्रदान गर्दछ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
कम्पनी तथा व्यवसायमा कार्यरत कर्मचारीहरूले नियमित सञ्चार र निर्धक्क कुराकानीको लाभ उठाउनुका साथै नियमित न्युज तथा अपडेट समेत पाउने कम्पनीले जनाएको छ ।
के के छन् सुविधा ?
-संस्थाभित्र अनलिमिटेड भ्वाइस कल र एसएमएस
-५ जीबी डेटा (टुजी र फाइजी)
-१५० मिनेट भ्वाइस कल (अन-नेट/अफ-नेट)
-१५० मिनेट भ्वाइस कल (सबै नेटवर्क)
-१५० एसएमएस (अन-नेट/अफ-नेट)
-१५० एसएमएस् (सबै नेटवर्क)
-३०० मिनेट भ्वाइस कल (अन-नेट)
-३०० एसएमएस (अन-नेट)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij