Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फागुन अन्तिम साता हुने जिल्लास्तरीय खेलाडी छनोट सुरु

फागुन अन्तिम साता हुने जिल्लास्तरीय खेलाडी छनोट सुरु


  • 4.8K
    Shares

    फागुन अन्तिम साता हुने जिल्लास्तरीय खेलाडी छनोट सुरु

    रत्ननगर । यही फागुन अन्तिम साता हुने बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । जिल्लामा रहेका सात पालिकाका खेलाडीबाट छनोट भएर आएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ  ।

     जिल्ला खेलकुद विकास समितिका अध्यक्षका रामजी ढकालले शनिबारदेखि प्रदेश खेलकुदका लागि जिल्लामा विभिन्न आठ खेलका खेलाडी छनोट सुरु गरिएको जानकारी दिनुभयो । उनका अनुसार शनिबार र आइतबार एथलेटिक्स र ब्याडमिन्टन खेलका खेलाडीबीच प्रतिस्पर्धा गराएर जिल्लास्तरीय खेलाडी छनोट गरिनेछ । एथ्लेटिक्सतर्फ दौड र लङजम्पसहित ट्रयाक एण्ड फिल्ड विधामा गरी १२ महिला तथा १२ पुरुष खेलाडी छनोट गरिने तथा ब्याडमिन्टनतर्फ छ महिला र छ पुरुष खेलाडी छनोट गरिने उनले जानकारी दिए। 

    ब्याडमिन्टनको छनोट खेल भरतपुरको कभर्डहलमा सञ्चालन भएको छ भने एथ्लेटिक्स विधिाका सबै खेल भरतपुर–१३ को कल्याणपुरमा रहेको स्मल हेभन स्कुलमा सञ्चालन भएका छन् । यस्तै विभिन्न खेलका गरी फागुन १९ गतेसम्म जिल्लास्तरीय खेलाडी छनोटको काम हुने छ । बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य उत्तम गुरुङले लामो समय खेलकुदका गतिविधि बन्द हुँदा खेलाडीको वृत्तिविकासमा समस्या भएको उल्लेख गर्दै अब खेलकुदका गतिविधि सुरु हुँदा खेलाडीमा उत्साह छाएको बताए । 

    खेलकुदका गतिविधि सुरु हुन थालेपछि स्थानीय तहदेखि नै खेलका कार्यक्रम हुने भएकाले खेलाडीको वृत्तिविकाससँगै आर्थिक क्षेत्रसमेत चलायमान हुने गुरुङको भनाइ छ । जिल्लास्तरीय छनोटमा सहभागी भएका खेलाडी यही फागुन २८ देखि आगामी चैत ५ गतेसम्म हुने बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितमा सहभागी हुनेछन् ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - ११:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij