२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रियाद सहरमा रहेको saudi manpower solutions co. कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खान बस्न सहित ३२ हजार बढि पाउनेछ । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेन्ट प्रालिको कार्यालय महालक्ष्मीथान ललितपुरमा फागुन २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij