२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन्
खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा स्वर्ण पदक जितेका किरणले २ घन्टा २४ मिनेट ४२ सकेन्डमा दौड पूरा गरेका हुन् । सेनाकै खेलाडीले चौथो देखि १० औं स्थान हासिल गरे ।
होमलाल श्रेष्ठ (२ घन्टा २६ मिनेट १५ सेकेन्ड) चौथा, राजन रोकाय (२ घन्टा २७ मिनेट ५२ सेकेन्ड) पाँचौं, नवराज साउद (२ घन्टा ३१ मिनेट ५५ सेकेन्ड) छैटौं, वेदबहादुर सुनुवार (२ घन्टा ३२ मिनेट १३ सेकेन्ड) सातौं, रमेश मग्राती (२ घन्टा ३६ मिनेट ५० सेकेन्ड) आठौं, सागर बुढाथोकी (२ घन्टा ४२ मिनेट ०५ सेकेन्ड) नवौं र देवराज बस्नेत (२ घन्टा ४३ मिनेट १४ सेकेन्ड) दसौं भए ।
उपाधिसँगै कृष्णाले ३ लाख रुपैयाँसहित रिसिक अटोमोबाइल प्रालिले प्रायोजन गरेको याहामा मोटरसाइलक प्राप्त गरे । दोस्रो भएको सेनाकै खड्का बहादुर खड्काले २ लाख रुपैयाँ र काठमाडौं महानगपालिकाले प्रायोजन गरेको मोटरसाइकल हात पारे ।
त्यस्तै तेस्रो भएको एपिएफका किरण सिंह बोगटीले १ लाख रुपैयाँ हात पारे । त्यस्तै चौथो भएको होमलाल श्रेष्ठले ५० हजार, पाँचौ भएको राजन रोकायाले ३० हजार, छैटौं भएको नवराज साउदले २५ हजार, सातौ भएको वेद बहादुर सुनुवारले २० हजार, आठौं भएको रमेश मगरातीले १५ हजार, नवौं भएको सागर बुढाथोकीले १० हजार र १०औं भएका देवराज बस्नेतले ५ हजार रुपैया पाए ।
त्यस्तै हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर हात पारे । हाफ म्याराथनको पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र म्याटर ट्रेडिङ कम्पनीले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गरे ।
महिलातर्फको हाफ म्याराथनको उपाधि १३ औं सागकी १० हजार मिटर दौडकी स्वर्ण पदक विजेता धादिङ सन्तोषी श्रेष्ठले र पुरुषतर्फ सेनाका गजेन्द्र राईले जितेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij