Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ए डिभिजन लिगः जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

ए डिभिजन लिगः जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो


  • 4.8K
    Shares

    ए डिभिजन लिगः जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

    सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दुबै खेल बराबरीमा टुंगिएका छन्। जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र  ब्रिगेड ब्वाइजले बराबरी खेलेका हुन्। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलको सुरुआती अग्रता भने जावलाखेलले बनाएको थियो। तर, त्यसलाई जावलाखेलले जोगाउन सकेन । खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । 

    तर, खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए। सुवाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेर सिजनको अन्त्य गरेको छ । संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ ।

    त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार थ्री स्टारले पनि ब्रिगेडसँग १–१ गोलको बराबरी खेल्यो । ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो । खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको थियो । 

    त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा प्रशान्तले गोल गरेका थिए । बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ। ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १७:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij