Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भायानेटको अफर: ७५ एमबीपीएस इन्टरनेट र भायाटिभीको मज्जा मात्र ८ सयमा

भायानेटको अफर: ७५ एमबीपीएस इन्टरनेट र भायाटिभीको मज्जा मात्र ८ सयमा


  • 3.5K
    Shares

    भायानेटको अफर: ७५ एमबीपीएस इन्टरनेट र भायाटिभीको मज्जा मात्र ८ सयमा

    काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफर अन्तर्गत अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् ।

    सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको जनाएकाे छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।

    यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० प्रति महिनामा यो अफरको मज्जा लिन सक्ने भायनेटले जनाएकाे छ ।

    यसबाहेक भायाटिभीको सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न् ।

    उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य‍ १२५० रुपैयाँ प्रति महिना रहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - ११:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij