२०८२ माघ ७ गते बुधवार
काठमाडौं ।आईसीसी ग्लोबल क्वालिफायरका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ।
ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएको टोली आज स्वदेश फर्किन लागेको हो। नेपाली टोली साँझ साढे ५ बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराएको थियो।
तर, सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालको अस्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकप खेल्ने सपना भने अधुरै रह्यो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij