Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै


  • 7.7K
    Shares

    मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै
    images

    वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

    वाग्मती प्रदेश सरकार र गाउँपालिकाको रु दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । त्यस्तै उक्त गाउँपालिकाको रु ४० लाखको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उहाँले बताउनुभयो । 

    त्यहाँ पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप रु १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ ।

    यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको हो । रासस

    अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उहाँले बताउनुभयो । साथै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ । रासस

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - ११:५८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij