Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी-२० विश्वकप तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

टी-२० विश्वकप तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै


  • 6.2K
    Shares

    टी-२० विश्वकप  तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

    काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ ।

    नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बजे अल अमेरातमा सुरु हुनेछ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपाल र ओमानबीच तेस्रो स्थानका लागि खेल हुने भएको हो ।

    दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो ।

    फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १०:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij