Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पाँचथरमा आगलागीबाट ७० लाखको क्षति

पाँचथरमा आगलागीबाट ७० लाखको क्षति


  • 9.9K
    Shares

    पाँचथरमा आगलागीबाट ७० लाखको क्षति

    पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।     

    आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गोठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

    यस्तै आगलागीबाट डिकबहादुरको फुसको छानो भएको तीन तले घर, एक तले गोठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
     

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १०:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij