Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाली बजारमा सार्वजनिक भयो सुजुकी सेलेरियो तीन भेरियन्ट, कति पर्छ मूल्य ?

नेपाली बजारमा सार्वजनिक भयो सुजुकी सेलेरियो तीन भेरियन्ट, कति पर्छ मूल्य ?


  • 4.8K
    Shares

    नेपाली बजारमा सार्वजनिक भयो सुजुकी सेलेरियो तीन भेरियन्ट, कति पर्छ मूल्य ?

    नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी  होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार, सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।

    सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण,  बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि  भारबाट  केहि राहत मिल्ने कम्पनीले जनाएको छ । 

    नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीको भनाइ छ ।

    सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार,‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियो मा  अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’

    अल न्यु सेलेरियोले ३ डी अर्गानिक स्कल्प्ड डिजाइनको साथै  गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश ३डी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

    एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अग्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा  जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको भनाइ छ ।

    स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम महशुस गराउँछ 

    उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । 

    पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटी युक्त के सेरिज् इन्जिन प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर  माइलेज दिनसक्ने छ । 

    सेगमेंटमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओ२ इमिसन्सलाई १९% सम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले ८९ एनएम, ३५०० आरपीएमको टर्क र ६७ पीएस, ५५० आरपीएमको पावर दिन्छ  ।सेलेरियोको ३ भेरियन्टको फरक फरक मूल्य कायम छ । 

    जसअनुसार सेलेरियो भीएक्आईको २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआईको २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
     

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १२:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij