Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल


  • 4.5K
    Shares

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

    पुलिस ११ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा छ । समान खेलमा एपीएफ १४ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।

    आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । ‘ए’ डिभिजनको उपाधि भने मच्छिन्द्रले जितिसकेको छ । ब्रिगेड ब्वाइज र च्यासल रेलिगेसनमा परिसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - ११:३०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij