Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बेइजिङ ओलम्पिकः अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा, कुन देशलाई कति पदक ?

बेइजिङ ओलम्पिकः अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा, कुन देशलाई कति पदक ?


  • 4.1K
    Shares

    बेइजिङ ओलम्पिकः अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा, कुन देशलाई कति पदक ?

    बेइजिङ विन्टर ओलम्पिकमा अहिलेसम्म नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । सर्वाधिक २८ पदक जितेको नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्य पदक हात पारेको छ ।

    २० पदकका साथ दोस्रो स्थानमा रहेको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य आफ्नो पोल्टामा पार्न सफल भएको छ । साथै, तेस्रो स्थानको अमेरिकाले ८ स्वर्ण, ७ रजत र ४ कास्य जित्दै कुल १९ वटा पदक जितेको छ ।

    आयोजक चीनले कुल १३ पदक जित्दा ७ स्वर्ण, ४ रजत र २ कास्य हात पारेको छ । अष्ट्रीया, नेदरल्यान्ड्स र स्वीडेनले समान ६÷६ स्वर्ण जितेका छन् ।

    यस्तै, स्वीट्जरल्यान्डले ५ तथा रुस ओलम्पिक कमिटि र फ्रान्सले समान ४÷४ स्वर्ण जित्न सफल भएका छन् । १८ पदक जितेको क्यानडाले तिन स्वर्ण पदकमा चित्त बुझाँएको छ । इटली, जापान, साउथ कोरिया र स्लोभेनियाले समान दुई÷दुई स्वर्ण जितेका छन् ।

    १६औं स्थानमा रहेको फिनल्याण्डले छ पदक जित्दा एक स्वर्ण, २ रजत र तिन कास्य पदक जितेको छ । साथै अष्ट्रेलिया, न्यूजिल्याण्ड, हंगेरि, चेक रिपब्लीक र स्लोभाकियाले समेत समान एक÷एक स्वर्णमा चित्त बुझाँएका छन् भने सहभागी अन्य सात मुलुकका खेलाडीले स्वर्ण जित्न सकेका छैनन् ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १३:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij