२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपाल र आयरल्याण्डबीचको खेल सुरु भएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। नेपालले पहिलो ओभरमै आयरल्याण्डको एक विकेट झारेको छ।
नेपालका कमल ऐरीले आयरल्याण्डका पल स्ट्रिलिङलाई २ रनमा आउट गरेका हुन्। श्रृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij