२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij