२०८२ भाद्र २ गते सोमवार
टी–२० विश्वकप छनोट तथा चारदेशीय टी–२० श्रृङ्खला खेल्न नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गर्दै छ।
मंगलबार एक भर्चुअल कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसहित नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुले उनीहरुलाई बिदाइ गरेका हुन्।
मंगलबार बेलुका १७ सदस्यीय क्रिकेट खेलाडी र ५ सदस्यीय व्यवस्थापकसहितको टोली ओमान प्रस्थान गर्न लागेको हो।आगामी शुक्रबार नेपालले चार देशीय श्रृङ्खला अन्तर्गत ओमानको सामना गर्नेछ।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान)ले भर्चुअल माधयमद्धारा बिदाइ कार्यक्रम आयोजना गरेको हो। विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली आज मंगलबार साँझ ६:३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ।
खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिएका छन्। नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री गहतराजले यस पटक विश्वकपकालागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताए। नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्री गहतराजले खेलाडीहरुलाई आग्रह गरे।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए। साथै खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनकालागि समेत शुभकामना दिएका छन्।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगायतको उपस्थिती रहेको थियो।
ओमान जाने नेपाली टोली :
खेलाडी : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम,अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम, सागर ढकाल
अफिसियल :
सुमन राज कार्की - टिम म्यानेजर
पुबुदु दसानायके - मुख्य प्रशिक्षक
धम्मिका प्रसाद - बलिङ कन्सल्टेन्ट प्रशिक्षक
रमण सिवाकोटी - टेक्निकल एनालिस्ट
बिक्रम न्यौपाने - फिजियो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij