Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

आजदेखि विद्यालय खुला, अब रातिमा मात्रै कर्फ्यू, जिम र स्पा पनि खुल्दै

आजदेखि विद्यालय खुला, अब रातिमा मात्रै कर्फ्यू, जिम र स्पा पनि खुल्दै


  • 4.7K
    Shares

    आजदेखि विद्यालय खुला, अब रातिमा मात्रै कर्फ्यू, जिम र स्पा पनि खुल्दै
    images

    दिल्लीमा कोरोना भाइरस महामारीको तेस्रो लहरपछि विद्यालय खुलेका छन्। सोमबारबाट ९ देखि १२ कक्षाका विद्यार्थी विद्यालय गएका हुन्।

    योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि खुल्ने छन्। कोभिड १९ को ओमिक्रोन भेरियन्टको प्रकोप सुरु भएपछि डिसेम्बरदेखि विद्यालय बन्द थियो।

    उपराज्यपाल अनिल बैजलको अध्यक्षतामा बसेको विपद् प्रवर्द्धन प्राधिकरणको बैठकले दिल्लीमा विद्यालय खोल्ने निर्णय गरेको हो। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलन गरी ७ फ्रेब्रुअरीबाट ९ देखि १२ सम्मको स्कूल र १४ फेब्रुअरीबाट नर्सरी देखि ८ कक्षासम्म खुल्ने बताएका हुन्।

    कोरोना भाइरस महामारीपछि जनजीवन सामान्य बनाउने कोसिसमा रहेको दिल्लीमा अहिलेसम्म रातको समयमा लगाइएको कर्फ्यु भने हटिसकेको छैन। दिल्लीमा रातको ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लाग्छ।

    यसबाहेक सरकारी कार्यालय पनि १०० जनाको उपस्थितिमा सञ्चालनमा ल्याउन सकिनेछ।

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - ११:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij