Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने, १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो (आदेशसहित)

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने, १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो (आदेशसहित)


  • 6.9K
    Shares

    • images
    फागुन १ गतेदेखि स्कूल खोल्न पाइने, १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो (आदेशसहित)

    फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ।

    विद्यालय सञ्चालन गर्दा प्रशासनले शर्त राखेको छ। १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ।

    विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ। यस्तै सबै प्रकारका परीक्षाहरु जेड आकारमा सिट राखेर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।  यस्तै डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, फुटसल, सिनेमा लगायत पनि फागुन १ गतेबाट खोल्न अनुमति दिएको छ। 

    प्रशासनले आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजारमा भने प्रतिवन्ध कायम राखेको छ।यातायातमा लगाएको जोरबिजोर प्रणाली भने आइतबार राति १२ बजेबाट हटाइएको छ।

    11.jpg22.jpg33.jpg44.jpg

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - २१:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij