२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी देश भारतको भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभामा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा जान लागेको कुरा जानकारी दिएका हुन् ।
सम्बोधनका क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले गौरीफन्टा नाकाको अवस्था सुधार हुने बताए । "आज कति तारेख हो, १४ तारिखमा हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसबारे कुरा हुनेछ," ओलीले भने।
केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन् । कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij