Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी नौं अर्ब ४८ करोड नाघ्यो

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी नौं अर्ब ४८ करोड नाघ्यो


  • 8.2K
    Shares

    • images
    सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी नौं अर्ब ४८ करोड नाघ्यो
    images

    काठमाडौं । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा मिति शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । 

    बैंकको १३ औं वार्षिक साधारण सभाले सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको २.४८प्रतिशत का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको हो । 

    बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई  ९,४८,७९,४४,४९९ रुपैयाँ ३९ पैसा कायम हुन गएको छ । 

    बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १६:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij