Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो चरणको मतदाता नामावली सार्वजनिक (विवरणसहित)

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो चरणको मतदाता नामावली सार्वजनिक (विवरणसहित)


  • 8.3K
    Shares

    नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो चरणको मतदाता नामावली सार्वजनिक (विवरणसहित)
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाताको सूची सार्वजनिक गरेको छ ।

    जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । त्यसै गरी प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १३ र प्रदेश ५ बाट २२ संघहरुले मतदान गर्न पाउने छन् ।

    त्यसै गरी प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरुको सूची सार्वजनिक गरिएको छ ।

    त्यसै गरी वस्तुगततर्फ १०१ संघहरुको सूची सार्वजनिक गरिएको छ । द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरु सूचीमा छन् ।

    एशोसिएट्सतर्फ कुल ९२३ संस्थाहरुको सूची सार्वजनिक गरिएको छ भने कतदान गर्न पाउने १२ संस्थापक सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

    संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ । मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

    महासंघ निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा अन्तिम समयमा केही परिवर्तन आउन सक्ने सम्भावना रहनेछ ।

    पहिलो चरणको मतदाता नामावली तलको लिकं क्लिक गरेर हेर्न सकिन्छ :

    https://khabarcenter.com/media-file/application/2020/11/1605687474-FDpnw.pdf

     

     

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १४:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij