२०८२ भाद्र २ गते सोमवार
विश्वकै सबैभन्दा महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग ((आईपीएल २०२२) को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् ।
नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ । उनी सूचीको ९४औं क्रममा रहेका छन् । अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आवद्ध भएका थिए ।
नेपालबाट सन्दीपसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।
मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिष्टमा ५ सय ९० खेलाडी मात्र छन् । जसमा ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् । १० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन् । आईपीएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij