२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेमा व्यवस्था नै समाप्त हुने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै प्रवक्ता श्रेष्ठले सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई सदर गरेमा त्यो संबिधान विपरित हुने र व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न हुने चेतावनी दिएका हुन् ।
उनले संबिधानले दिदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरिएको बताउदै उनले सर्वोच्चले संबिधान अनुसार नै फैसला दिने बताए ।
श्रेष्ठले तत्कालको प्रतिगमन मात्र नभएर दिर्घकालमा जनताका उपलब्धिहरु सधैका लागि अपहरित भएका त होइनन भन्ने आशंकाको जन्म भएको बताए ।
संविधान निर्माण गर्दा राष्ट्रिय राजनीतिक सहमति गरेको स्मरण गर्दै उनले संबिधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बारेमा सबैलाई थाहा भएको पनि बताए । श्रेष्ठले संविधानको धाराको उल्लेख गर्दै प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij