२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै क्यानले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदमा दरखास्त दिनका लागि कम्तीमा पनि तीन वर्षको अनुभव भएको‚ व्यवस्थापन संकायमा मास्टर्स डिग्री गरेको र थप खेलकुद व्यवस्थापनसम्बन्धि कोर्स पूरा गरेको हुनुपर्ने र ५५ वर्षभन्दा कम उमेर भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको अनुभव भएका इच्छुक व्यक्तिले फेब्रुअरी १५ सम्ममा क्यानको इमेलमा दरखास्त पठाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij