Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भ्वाइस नोटका लागि नयाँ फिचर ल्याउँदै ह्वाट्सएप

भ्वाइस नोटका लागि नयाँ फिचर ल्याउँदै ह्वाट्सएप


  • 6.2K
    Shares

    भ्वाइस नोटका लागि नयाँ फिचर ल्याउँदै ह्वाट्सएप

    म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने भएको छ । मेटा अन्तर्गतको ह्वाट्सएप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने म्यासेजिङ एप हो । कम्पनीले आफ्ना प्रयोगकर्तालाई समय समयमा नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यही क्रममा कम्पनीले भ्वाइस नोटमा नयाँ फिचर थप गर्ने भएको हो ।

    ह्वाट्सएपको बेटाबारे जानकारी दिने संस्था ‘वाबेटाइन्फो’ का अनुसार ह्वाट्सएपमा प्रयोगकर्ताले अब म्यासेजमा आएको भ्वाइस नोट एपमा जहाँ भएपनि एकै ठाउँबाट सुन्न सक्नेछन् ।

    यसको अर्थ ह्वाट्सएप च्याटमा अब भ्वाइसको अप्सन हुनेछ । जसमा क्लिक गरेसँगै त्यहाँ तपाईंलाई हालसम्म आएका व्यक्ति अनुसार पठाएको भ्वाइस म्यासेज संकलन भएर बसेको हुनेछ ।

    त्यसबाटै तपाईंले सहजै भ्वाइस म्यासेज सुन्न सक्नुहुनेछ । हालसम्म यो फिचर आईओएसका केही प्रयोगकर्तामाझ उपलब्ध भएको छ । भने, चाँडै एन्ड्रोइड प्रयोगकर्तामाझ समेत उपलब्ध हुने जनाइएको छ ।

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १३:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij