Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईले लेखे तालिवानलाई यस्तो पत्र

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईले लेखे तालिवानलाई यस्तो पत्र


  • 4.8K
    Shares

    अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईले लेखे तालिवानलाई यस्तो पत्र
    images

    अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइले अफगानिस्तानमा एक समावेशी सरकारको गठन र महिलाहरुको अधिकारको सम्मान केवल अन्तर्राष्ट्रिय समुदायको मात्र नभइ अफगानी जनताको इच्छा भएको बताएका छन् ।

    अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजलाई दिएको एक अन्तरवार्तामा कारजाइले आफू र अध्यक्ष अब्दुल्ला अब्दुल्लाले तालिबान इस्लामिक इमिरेटलाई एक पत्रमा राजनीतिक समझदारी प्रक्रिया र राजनीतिक नेताहरुको साथमा एक लोया जिरगा (राष्ट्रिय सभा)को प्रस्ताव दिएको बताएका छन् ताकि देशको लागि भविष्यको मार्ग तय गर्न सकियोस् ।

    पूर्व राष्ट्रपतिले अफगानीहरुले विदेशीको प्रस्तावको प्रतिक्षा गर्नुको सट्टा देशमा विद्यमान स्थितिको समाधान आफैं खोज्नुपर्ने सुझाव दिएका छन् । उनले भने ‘हामीले केही अफगान नेताहरुलाई राजनीति र राष्ट्रिय एकताका विषयमा छलफलको प्रस्ताव गरेका छौं । एउटा यस्तो शिखर सम्मेलन होस् जसमा अफगानिस्तानका महिला र पुरुष दुवै सहभागी होउन् र लोया जिरगा आयोजना गर्ने हाम्रो राष्ट्रिय र ऐतिहासिक परम्परा सुरु हुन सकोस् ।’

    एक समावेशी सरकार गठन, मानवअधिकार र महिलाहरुको अधिकारलाई सुनिश्चित गर्नु वर्तमान अफगान सरकारलाई मान्यता दिने विषयमा विचार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको पहिलो शर्त हो ।

    कारजाइले भने ‘विश्वले चाहन्छ कि चाहँदैन ? संयुक्त राष्ट्रसंघले अफगानीलाई बोलाउँछ कि बोलाउँदैन ? संयुक्त राष्ट्रसंघले कार्यवाहक सरकारलाई बोलाउँछ कि बोलाउँदैन ? यी सबैभन्दा पहिले यो अफगानीहरुको पहिलो इच्छा हो कि एक समावेशी र राष्ट्रिय सरकार होस् जसले सबैको प्रतिनिधित्व गरोस् र महिलाको अधिकार र समाजमा उनीहरुको भूमिका र शिक्षासम्म छोरीहरुको पहुँच सुनिश्चित गरोस् । यो हाम्रो आधारभूत सिद्धान्त हो र यो हुनै पर्छ ।’ एजेन्सी

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १२:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij