२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई ४ महिना इन्टरनेट तथा टिभी निशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले २ महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन् ।
क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी बिभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये १५० एमबीपीएसको इन्टरनेट प्रति महिना ११ सय ९९ रुपैयाँमा चलाउन सकिने छ ।
ग्राहकलाई प्रोत्साहन गर्न उद्देश्यका साथ कम्पनीले यो सुविधा ल्याएको हो । कम्पनीले नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्याण्डविथ इन्टरनेट र फाइभजी गिगाहर्ज राउटर सहित आईपीटीभी समेत उपलब्ध गराउँदै आएको छ ।
क्लास्सिक टेकको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij