Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

असंवैधानिक कदम सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र पठाइँदै

असंवैधानिक कदम सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र पठाइँदै


  • 7.5K
    Shares

    असंवैधानिक कदम सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र पठाइँदै
    images

    काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको नेकपाकै प्रचण्ड–नेपाल समूहले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो ।

    नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ । संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ ।

    यता प्रतिनिधि विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-माधवपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १०:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij