Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अब अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने

अब अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने


  • 16.2K
    Shares

    • images
    अब अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने
    images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब अन्य संस्थाको एटीएम काउन्टर मार्फत कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अन्तर बैंकको एटीएम मार्फत कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ ।

    कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि यस अघि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः शुल्क लाग्ने व्यवस्था गरिएको हो । बैंकहरुले आगामी माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन सक्ने भएका छन् । 

    एक बैंकले जारी गरेका एटीएम कार्ड अन्य बैंकको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरै गरेमा २० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

     

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १६:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij