Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सनराइज क्यापिटलको १५% नगद लाभांश, माघ १६ मा साधारण सभा

सनराइज क्यापिटलको १५% नगद लाभांश, माघ १६ मा साधारण सभा


  • 8.0K
    Shares

    सनराइज क्यापिटलको १५% नगद लाभांश,  माघ १६ मा साधारण सभा
    images

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले १० औं वार्षिक साधारणसभा आगामी माघ १६ गतेका लागि बोलाएको छ ।

    कम्पनीको गत १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

    सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी ३ जना संस्थापक सञ्चालक तथा २ जना स्वतन्त्र सञ्चालक कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । 

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १५:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij