२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउने भएपछि त्यो दर्ता हुनुअघि नै आफूले राजीनामा दिने बताएका छन् ।
‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ,’ गौतमले बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘त्यसैले मैल समर्थन गरिनँ । असंवैधानिक भनेँ । अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ ।’
९ महिनादेखि आलोचना गर्ने समूहको बैठकमा रहेर पनि आफूले अविस्वासको प्रस्ताव असफल गराउँदै आएको पनि उनले खुलासा गरेका छन् । प्रतिनिधिसभा विघटनबारे अहिले सर्वोच्चमा अदालतमा दर्जनौँ रिट रहेको र यो संवैधानिक विषय भएकोले संवैधानिक इजलासमा लगेको बताए ।
त्यसैगरी प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग उनले असन्तुष्टि व्यक्त गरे । ‘त्यसैले अहिले म कुनै पनि पक्षमा छैनन,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij