Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिराहामा आगलागी : ८ वर्षीय बालकको मृत्यु

सिराहामा आगलागी : ८ वर्षीय बालकको मृत्यु


  • 9.2K
    Shares

    सिराहामा आगलागी : ८ वर्षीय बालकको मृत्यु

    जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । लामखुट्टेलाई धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको हो ।

    उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १३:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij