Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा, परेनन् सोमपाल र विनोद

टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा, परेनन् सोमपाल र विनोद


  • 6.8K
    Shares

    टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा, परेनन् सोमपाल र विनोद

    नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी पुरुष टी२० वर्ल्ड कप ग्लोबल क्वालिफायरका लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ। आगमी महिना हुने टी२० विश्वकप ग्लोबल छनोट ए को लागि १६ जना खेलाडी छनोट गरेको क्यानले जनायो। यसरी छनोट गरेका खेलाडीहरुका सन्दीप लामिछानेदेखि लोकेश बमसम्म छन्। बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएका हुन्।

    टोलीमा तीव्र गतिका बलर सोमपाल कामी समेटिएका छैनन्। त्यसैगरी विकट किपर विनोद भण्डारी पनि छैनन्। रोहित पौडेललाई पनि टोलीमा परेका छैनन्। क्यानले बिहीवार बिहान छनोटमा परेका खेलाडीको सूची सार्वजनिक गरेको हो।

    आइसिसी टी२० विश्वकप ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।

    आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

    यी हुन् पुरुष राष्ट्रिय टोली

    सन्दीप लामिछाने

    कुशल भुर्तेल

    आसिफ शेख

    दिपेन्द्र सिंह ऐरी

    ज्ञानेन्द्र मल्ल

    शरद भेषवाकर

    आरिफ शेख

    करन केसी

    जितेन्द्र मुखिया

    अभिनाष बोहोरा

    शहब अलाम

    कुशल मल्ल

    कमलसिंह ऐरी

    विवेक यादव

    प्रदीप ऐरी

    लोकेश बम

     

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - ११:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij