२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आजको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतले सम्बोधन गर्ने भएका छन् ।
गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि आज पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । यसअघि १७ गते बसेको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गरेका थिए ।
आज गौतमका अलावा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई, सदस्य रामनारायण बिडारी लगायतले सम्बोधन गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij