Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो कपको उपाधि

प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो कपको उपाधि


  • 5.0K
    Shares

    प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो  कपको उपाधि
    images

    काठमाडौँ । विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ। बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधिमा कब्जा जमाएको हो। 

    पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो। एपीएफका लागि अमर रौतेलाले २९, लोकेश बमले २७ र सन्दीप जोराले २४ रन बनाएका थिए।

    पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३/३ विकेट लिए। त्यस्तै गुल्सन झाले २ तथा आरिफ शेखले १ विकेट लिए।

    १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।

    उसका लागि दीपेन्द्र सिंह ऐरीले ६५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। दिलिप नाथले पनि २३ रन बनाएका थिए।

    एपीएफका किशोर महतोले ३ विकेट लिए भने अविनाश बोहोरा, अमर रौतेला र दिपक बोहोराले १-१ विकेट लिए।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १४:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij