Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा

अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा


  • 5.3K
    Shares

    अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा
    images

    सिड्नी । कोरोना महामारीका कारण पछिल्लो समय अष्ट्रेलियामा जनशक्तिको चरम अभाव भएको छ ।

    उक्त समस्या समाधान गर्न अष्ट्रेलियाको सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री स्कट मोरिसनले अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय मन्त्रीपरिषद बैठकले निर्णय गरेको जानकारी दिएका हुन् ।

    उनले भनेका छन्, जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको अध्यागमन विभागले शुल्क फिर्ता गर्नेछ ।

    भिषा शुल्क बापत अन्तराष्ट्रिय विद्यार्थीले ६ सय ३० डलर तिर्दै आइरहेका थिए । अबको दुई महिनाभित्र अष्ट्रेलिया आउने विद्यार्थीले उक्त रकम फिर्ता पाउनेछन् ।

    त्यस्तै विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो । त्यसलाई पनि सरकारले केही समयका लागि हटाएको बताइसकेको छ ।

     

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १३:०९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij