Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई 

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई 


  • 4.0K
    Shares

    खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई 

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा 
    सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको Man and Women's Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नुभएको हो ।  

    प्रतियोगिताकालागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए। बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भने, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।”

    बक्सिङका अन्तराष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भने, “बक्सिङको अन्तराष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अबस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।” मन्त्री अथकले नेपालको सोही स्तरलाई कायम राख्दै च्याम्पीयन भएर फर्कन आग्रह गरेको हो ।  

    पुर्वाधारको अभाव तथा कमजोर ब्यवस्थापनका कारण नेपाली खेल क्षेत्रको विकासमा केही समस्या देखिएपनि नेपाली खेलाडीहरुले भने सधैं उच्च मनोबलकासाथ अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गर्दै मन्त्री अथकले खुसी ब्यक्त गरे । उनले खेलक्षेत्रको विकासकालागि ब्यवस्थापन पक्षको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसलाई ब्यवस्थित गर्ने प्रयास भईरहेको समेत प्रष्ट पारे।  

    एसीयाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।  बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगाएतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १७:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij