Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपालमा सक्रिय संक्रमितको संख्या ५१३३ पुग्यो

नेपालमा सक्रिय संक्रमितको संख्या ५१३३ पुग्यो


  • 6.1K
    Shares

    • images
    नेपालमा सक्रिय संक्रमितको संख्या ५१३३ पुग्यो
    images

    काठमाडौँ । नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटेको हो ।

    पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ ।

    यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १६:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij