Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नोटबन्दी अघिका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न राष्ट्र बैंकले गरायो सचेत

नोटबन्दी अघिका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न राष्ट्र बैंकले गरायो सचेत


  • 421
    Shares

    • images
    नोटबन्दी अघिका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न राष्ट्र बैंकले गरायो सचेत
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको छ। 

    मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको हो । 

    सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो । नेपालीले भारतबाहेक अन्य मुलुकबाट आवतजावत गर्दा भारतीय नोट बोक्न नपाउने समेत प्रस्ट पारेको छ । 

    कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था समेत रहेको बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १२:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij