२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं। नेपालमै बनेको पहिलो स्याटलाइट ‘सानो स्याट-१’ ले अन्तरिक्षबाट सिंग्नल पठाउन शुरु गरेको छ ।
स्याटलाइट नेपालको ओरियन्स स्पेक्स कम्पनीले स्पेस-एक्सको रकेटमार्फत बिहीवार राती प्रक्षेपण गरेको थियो । सानो स्याट -१ करिब १ घण्टा ३० मिनेटमा अर्बिट डिप्लोय भएको थियो । त्यसपछि यसले सिंग्नल पठाउन शुरु गरेको छ ।
निर्धारित समयमै अन्तरिक्षमा पुगेको ‘सानो स्याट-१’ लाई ‘फल्कोन-९’ मार्फत पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा पुर्याओईएको थियो । अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट राति ९ बजेर १५ मिनेटमा स्याटलाइट बोकेको रकेट प्रक्षेपण भएको थियो ।
१ वर्षसम्म अन्तरिक्षको लो अर्थ अर्बिटमा बसेर सानो स्याट २ ले बिटा, गामा लगायतका विकिरणहरुबारे पृथ्वीमा रहेको स्टेशनमा सिंग्नल पठाउने छ ।
स्पेनमा परीक्षण गरिएको यो स्याटलाईटको निर्माणको काम नेपाली विद्यार्थी, ईञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि सुरु गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij