Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

११.०७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार

११.०७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार


  • 7.7K
    Shares

    ११.०७ अंकले बढ्यो नेप्से,  ४ अर्ब ४२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ११.०७ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ५७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । 

    त्यस्तै, आज ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १० वटा समूह बढेका छन् । 

    आज ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १६:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij