२०८२ भाद्र ११ गते बुधवार
सिंगटी हाइड्रो इनर्जीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न पुस २१ गते मंगलबार अनुमति दिएको हो ।
कम्पनीले स्थानिय र सर्वसाधरणको लागि हाल कायम जारी पूँजीको ३०% अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले भदौ २० गते बोर्डमा आवेदन दिएको थियो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।
सिंगटी हाइड्रोले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । निर्माणाधिन यस जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणको रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij