Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पत्रकार पक्राउप्रति महासङ्घको निन्दा

पत्रकार पक्राउप्रति महासङ्घको निन्दा


  • 6.4K
    Shares

    • images
    पत्रकार पक्राउप्रति महासङ्घको निन्दा
    images

    काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौंले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतवार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।

    टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ ।

    शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १४:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij